शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • हिमाल हिउँ पडिगयो, काँ छै डाँफ्या चरी... (खप्तड क्षेत्र)

हिमाल हिउँ पडिगयो, काँ छै डाँफ्या चरी... (खप्तड क्षेत्र)

भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तड हिउँले ढपक्कै ढाकिएको छ। खप्तड क्षेत्रमा हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरुको घुइँचोसमेत लागेको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

धनगढी - भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तड हिउँले ढपक्कै ढाकिएको छ। खप्तड क्षेत्रमा हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरुको घुइँचोसमेत लागेको छ।

National life

खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो। यहाँ गंगादशहरामा ठूलो मेलासमेत लाग्ने गरेको छ। खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरुले गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास छ।

सुदूरपश्चिम प्रदेशका चार जिल्लाहरु- बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रमध्येको एक हो। भू-स्वर्गका रुपमा समेत वर्णन गरिएको खप्तड एक प्रकृतिको अनुपम उपहार हो। जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसाबले मात्रै नभइ पर्यटकीय हिसावले पनि यसको महत्व धेरै भएको स्थानीय बताउँछन्।

तस्बिर - दिपक बहादुर खड्का

Shivam cement

प्रकाशित: Feb 06, 2020| 17:37 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।