बिहीबार, भदौ ४, २०८३

काठमाडौंमा भारी वर्षा, बागमतीले पार गर्‍यो जल सतह

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेकफ छ। हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेकफ छ। हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको  प्रभाव रहेको छ। 

सोही प्रभावका कारण भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।

लगातारको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ। बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ। हरिहरपुरगढी र  त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ। मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ।्

प्रकाशित: Sep 06, 2021| 07:13 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।