बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा किसान आन्दोलनका नेताले भने - ज्यान दिन तयार, तर पछि हट्दैनौं

भारतमा किसान आन्दोलनका नेताले भने - ज्यान दिन तयार, तर पछि हट्दैनौं

भारतमा किसान आन्दोलनका नेता राकेश टिकैतले किसानहरुको माग पूरा नभएसम्म दिल्ली बोर्डरबाट नहट्ने बताएका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

नयाँ दिल्ली- भारतमा किसान आन्दोलनका नेता राकेश टिकैतले किसानहरुको माग पूरा नभएसम्म दिल्ली बोर्डरबाट नहट्ने बताएका छन्।

National life

उत्तर प्रदेशको मुजफ्फरनगरमा आइतबार आयोजित महापञ्‍चायतमा उनले जित नभएसम्म पछि नहट्ने बताएका हुन्। तीन कृषि कानुनको विरोध गरिरहेका किसानहरुले आइतबार किसान पञ्‍चायतको आयोजना गरेका थिए। 

भारतका करिब नौ महिनाभन्दा बढी समयदेखि संघ सरकारले ल्याएको तीनवटा कृषि कानुनको विरोध गर्दै किसानहरुले आन्दोलन गरिरहेका छन्। किसानहरु दिल्ली बोर्डरमा धर्ना बसिरहेका छन्।

भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै टिकैतले भने, 'हामी प्रण गर्दछौं कि कुनै पनि हालतमा माग पूरा नभएसम्म आन्दोलन स्थल छोड्ने छैनौं। जरुरत पर्‍यो भने हामी ज्यान दिन तयार छौं। हाम्रो लास यही गाडिन्छ, तर जिन नभएसम्म आन्दोलन जारी रहन्छ।' 

उनले भारत सरकारले चलाएसम्म किसान आन्दोलन जारी रहने बताएका छन्। उनले भने, 'जबसम्म भारत सरकाले हाम्रो माग पूरा गर्दैन, तबसम्म आन्दोलन चलिरहन्छ। सरकार वार्तामा आए हामी तयार छौं।'

Laxmi sunrise bank
kumari

देशमा स्वतन्त्रताको लडाइँ करिब ९० वर्षसम्म चलेको उल्लेख गर्दै उनले किसान आन्दोलन अब कति चल्छ आफूलाई जानकारी नभएको उनले प्रतिक्रिया दिए। 

किसान महापञ्‍चायतमा ठूलाो संख्यामा किसानहरु सहभागी भएका थिए। उक्त महापञ्‍चायतको सुरक्षाका लागि आठ हजार सुरक्षाकर्मी परिचालन गरिएका थिए। 

किसानहरुले सेप्टेम्बर २७ मा देशभर हड्ताल गर्ने योजना बनाएका छन्।

किसान आन्दोलनलाई समर्थन गर्दै भारतीय राष्ट्रय कांग्रेसका नेता राहुल गान्धीले सत्यको पूकार गञ्‍जिरहेको र सरकारले यसलाई सुन्‍नैपर्ने बताएका छन्।





प्रकाशित: Sep 05, 2021| 21:22 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।