बुधबार, फागुन २७, २०८२

जावेद अख्तरले आरएसएसलाई तालिबानसँग तुलना गरेपछि...

भारतीय गीतकार तथा पूर्व राज्यसभा सांसद् जावेद अख्तरले भारतीय हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अफगानिस्तानमा रहेको आतंकवादी संगठन तालिबानबीच तुलना गरेपछि विवाद सिर्जना भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

नयाँ दिल्ली- भारतीय गीतकार तथा पूर्व राज्यसभा सांसद् जावेद अख्तरले भारतीय हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अफगानिस्तानमा रहेको आतंकवादी संगठन तालिबानबीच तुलना गरेपछि विवाद सिर्जना भएको छ।

National life

गीतकार अख्तरले भारतीय सञ्‍चारमाध्यम एनडीटीभीसँग गरेको कुराकानीका क्रममा आरएसएस र तालिबानको तुलना गरेका थिए। उनको उक्त अभिव्यक्तिपछि भारतीय सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का नेताहरुले माफी माग्‍नुपर्ने बताएका छन्।

बीजेपी नेता राम कदमले गीतकार अख्तरले हात जोडेर माफी माग्‍नुपर्ने बताएका छन्। उनले ट्विटरमा लेखेका छन्, 'आरएसएस र विश्व हिन्दु परिषद्का करोडौं कार्यकर्तासँग हात जोडेर जावेद अख्तरले माफी माग्‍नु पर्छ। माफी नमागेसम्म उनी र उनको परिवारको कुनै पनि चलचित्र महाभारतको भूमिमा चलाउने बन्द गरिने छ।'

उनले अख्तरले उक्त अभिव्यक्ति दिनुभन्दा पहिले संघसँग आवद्ध व्यक्तिहरुले नै अहिले देश चलाइरहेको कुरालाई पनि नसोचेको बताएका छन्। उनले भनेका छन्, 'संघसँग आवद्ध व्यक्तिहरु आज देश चलाइरहेका छन्। राज धर्मको पालना गरिरहेका छन्। यदि तालिबान विचारधारा भएको भए के आज उनी यो अभिव्यक्ति दिन पाउँथे? यसबाट नै प्रष्ट हुन्छ कि उनको अभिव्यक्ति कति कमजोर छ भन्‍ने कुरा।'

यससँगै बीजेपीको महाराष्ट्र युनिटका कानुनी सल्लाहकार आशुतोष दुबेले अख्तरविरुद्ध मुम्बइ प्रहरी चौकीमा उजुरी दिएका छन्। 

Laxmi sunrise bank
kumari

अख्तरले भनेका थिए, 'जसरी तालिबान एक मुस्लिम राष्ट्र चाहन्छ, यहाँ पनि त्यस्ता व्यक्तिहरु छन्- जो हिन्दु राष्ट्र चाहन्छन्। यी सबै विचारारधारा राख्‍नेहरु एकजस्तै हुन्- चाहे ती मुस्लिम हुन् अथवा इसाई, यहूदी वा हिन्दु।'

उनले थप भनेका थिए, 'तालिबानका गतिविधि बर्बर र निन्दनीय छन् । जो व्यक्तिहरु आरएसएस, बजरंग दल अथवा बीएचपीजस्ता संगठनको समर्थन गरिरहेका छन्, उनीहरु पनि त्यस्तै हुन्।'

उनले भारतमा रहने अधिकांश मानिसहरु सहिष्णु भएकोले आफ्नो अभिव्यक्ति बुझ्‍नेसमेत बताएका थिए। भारत कहिल्यै पनि तालिबान राष्ट्र बन्‍न नहुने उनले बताएका थिए।

प्रकाशित: Sep 05, 2021| 21:05 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।