बुधबार, फागुन २७, २०८२

अफगानिस्तानमा तालिबानद्वारा महिला प्रहरीको हत्या

तालिबान लडाकूले अफगानिस्तानमा एक महिला प्रहरीलाई गोली हानी हत्या गरेका छन्। अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोजखोमा घर नजिकै आफन्तकै अगाडि उनको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काबुल- तालिबान लडाकूले अफगानिस्तानमा एक महिला प्रहरीलाई गोली हानी हत्या गरेका छन्। अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोजखोमा घर नजिकै आफन्तकै अगाडि उनको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ।

National life

स्थानीय सञ्‍चारमाध्यमहरुका अनुसार बानु नेगार नाम गरेकी ती महिला प्रहरीको हत्या गरिएको हो। अफगानिस्तानमा महिला अधिकारको विषयमा बोल्नेहरुलाई दमन गरिरहेको भन्‍ने समाचारहरु आइरहेको समयमा उनको हत्या गरिएको हो।

बीबीसीले तालिबानलाई यस विषयमा प्रतिक्रिया माग गरेको भए पनि कुनै प्रतिक्रिया दिएको छैन। परिवारका सदस्यहरुका अनुसार उक्त घटनाको अनुसन्धान गर्ने स्थानीय तालिबानी नेताले प्रतिबद्धता जनाएका छन्।

घटनाको विस्तृत विवरण अझै आउन सकेको छैन। स्थानीय एक जेलमा कार्यरत नी महिला प्रहरी आठ महिनाकी गर्भवती रहेको पनि परिवारका सदस्यहरुले जनाएका छन्।

उक्त प्रान्तमा १३ अगस्तमा नियन्त्रण कायम गरेको तालिबानले आफूहरु महिला अधिकारहरुको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, महिलाहरुमाथि क्रूर व्यवहारहरुलाई भने निरन्तरता दिइएको छ।

Laxmi sunrise bank
kumari

महिलाहरुका लागि अब विद्यालयहरुमा छुट्टै कक्षाहरु बनाइनु परने भएका छन्। त्यसैगरि महिलाहरुले मुस्लिम पोशाक पूर्णरुपमा लगाउनुपर्ने भएको छ।  

शनिबार काबुलमा महिला अधिकारका लागि प्रदर्शन गरिरहेका दर्जनौं महिलाहरुलाई तालिबानी अधिकारीहरुले तितरवितर पारेको थियो। उनीहरुलाई तालिबानका अधिकारीहरुले अश्रु ग्यास र खुर्सानीको धुलो छर्केर तितरवितर पारेको बीबीसीले जनाएको छ।

प्रकाशित: Sep 05, 2021| 20:43 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।