बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा अगस्तमा मात्र सम्पूर्ण जी७ राष्ट्रमा भन्दा बढीलाई लगाइयो कोरोनाविरुद्धको खोप

भारतमा अगस्तमा मात्र सम्पूर्ण जी७ राष्ट्रमा भन्दा बढीलाई लगाइयो कोरोनाविरुद्धको खोप

भारतमा अगस्तमा मात्र जी७ का सातै राष्ट्रहरुमा लगाइएको भन्दा बढी खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

नयाँ दिल्ली- भारतमा एक महिनामात्र सम्पूर्ण जी७ राष्ट्रहरुका लगाइएको भन्दा बढीलाई खोप लगाइएको पाइएको छ। भारतमा अगस्तमा मात्र जी७ का सातै राष्ट्रहरुमा लगाइएको भन्दा बढी खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

National life

भारतीय स्वास्थ्य मन्त्रालयको खोप कार्यक्रम केन्द्रका अनुसार भारतमा अगस्तमा मात्र १८ करोडलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। यो स‌ंख्या जी७ का सातै राष्ट्रहरु क्यानडा, बेलायत, अमेरिका, इटाली, जर्मनी, फ्रान्स र जापानमा लगाइएको खोपको संख्याभन्दा बढी हो।

माइगभइण्डियाको ट्विटरमा राखिएको जानकारी अनुसार जी७ का अन्य राष्ट्रहरुमध्ये क्यानडामा सबैभन्दा कम ३० लाखलाई खोप लगाइएको छ भने जापानमा सबैभन्दा बढी चार करोडलाई खोप लगाइएको छ।

भारतमा हालसम्म ६८ करोड ४६ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। 

भारतमा आइतबार ४२ हजार ७६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ। जुमा पहिलो पटक भारतका कोरोनाको डेल्टा प्लस भेरियन्ट देखिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 05, 2021| 20:29 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।