बिहीबार, भदौ ४, २०८३

अदालत लैजाँदै गर्दा बेहोस भएका एक थुनुवाको मृत्यु

विराटनगरबाट गाँजासहित गत शुक्रबार पक्राउ परेका जना थुनुवाको आइतबार दिउँसो मृत्यु भएको छ ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

विराटनगर– विराटनगरबाट गाँजासहित गत शुक्रबार पक्राउ परेका जना थुनुवाको आइतबार दिउँसो मृत्यु भएको छ । 

मोरङ प्रहरीको हिरासतमा रहेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो। जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित उनी पक्राउ परेका थिए। 

लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार उनीविरुद्ध प्रहरीले म्याद थप गर्न अदालत लैजाने तयारी गरेको थियो। त्यही क्रममा बेहोस भएर ढलेका उनको उपचार गराउँदै गर्दा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।  

नियमित लागुऔषध सेवन गर्ने उनले प्रहरी हिरातमा हुँदा लागुऔषध सेवन गर्न नपाएको प्रहरीले जनाएको छ। लागुऔषध सेवन गर्न नपाएको असरका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ। एसपी जीसीले घटनाको अनुसन्धान सुरु गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ। 

मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि कोसी अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा दिउँसो २:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। एसपी जीसीले कामत लागुऔषधका दुर्व्यवसनी र कारोबारी पनि रहेको बताए ।

प्रकाशित: Sep 05, 2021| 17:23 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।