बुधबार, भदौ ३, २०८३

सफाइ कर्मचारीले चोरिन् राजाका ३६ वटा घडी

दक्षिण अफ्रिकी देश मोरक्कोका राजा मोहम्मद छैटौँका ३६ वटा घडी चोरेको आरोपमा दरबारमा सरसफाई गर्ने एक महिलालाई १५ वर्ष जेल सजाय भएको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

एजेन्सी- दक्षिण अफ्रिकी देश मोरक्कोका राजा मोहम्मद छैटौँका ३६ वटा घडी चोरेको आरोपमा दरबारमा सरसफाइ गर्ने एक महिलालाई १५ वर्ष जेल सजाय भएको छ।

उनले चोरेका प्रत्येक घडीको मूल्य झण्डै साढे २२ लाख रुपैयाँ थियो। उनीसँगै घडी खरिद गर्ने सुन व्यापारीसमेत १४ अन्य पुरुषलाई ४ वर्षको जेल सजाय ताेकिएकाे छ।

सञ्चारमाध्यमहरुका अनुसार सुनबाट बनाइएका ती घडी गलाएर महिलाले सुन व्यापारीलाई बेच्ने गरेकी थिइन्। घडीमा भएको हिरा तथा सुन बेचेर उनले थुप्रै सम्पत्ति जोडेको जनाइएको छ।

सफाइ कर्मचारी रहेकी ती महिलाले आफूलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई पैसा दिएकी थिइन् भने आफ्नी बहिनीको नाममा एउटा घर किनेकी थिइन्। उक्त घरको मूल्य करिब ३० लाख रुपैयाँ थियो।

मोरक्कोका राजा मोहम्मद महँगो घडीका सौखिन हुन्। उनले राखेको ठाउँबाट घडी हराउन थालेपछि कर्मचारीले अन्य बजेटबाट घडी किनेर ल्याइदिने गरेका थिए।

राजा मोहम्मद महँगो पेन्टिङ खरिदका लागि पनि चर्चित छन्।

सन् २०१८ मा उनी एउटा घडीकै कारण भाइरल भएका थिए। त्यतिबेला उनको हातमा रहेको घडीको मूल्यको चर्चा निकै भएको थियो।

उक्त घडीको मूल्य करिब १३ करोड रुपैयाँ थियो।

प्रकाशित: Jan 27, 2020| 16:20 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।