बुधबार, भदौ ३, २०८३

सहयोग जुटाउन कट्टुमात्रै लगाएर १६०० किलोमिटर पैदल यात्रा

५५ वर्षका एक व्यक्तिले भित्री कट्टु मात्रै लगाएर १६०० किलोमिटर पैदल यात्रा सुरु गरेका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

एजेन्सी- ५५ वर्षका एक व्यक्तिले भित्री कट्टुमात्रै लगाएर १६०० किलोमिटर पैदल यात्रा सुरु गरेका छन्।

बेलायतका माइकल कुलन नाम गरेका यी व्यक्ति लिभरपुल सहरमा बस्छन्। बीच स्पीडो मिक भनेर चिनिने माइकलले आफ्नो यो दौडका क्रममा थुप्रै हावाहुरी र हिमपातको सामना गरेका छन्।

उनले एउटा टोपी र भित्री कट्टु मात्रै लगाएर गरेको पैदल यात्रा सुन्दा कुनै प्रकारको मुर्ख्याइँ झै लागे पनि उनले त्यसबाट रकम संकलन गरी बालबालिकालाई सहयोग गर्ने उद्देश्य लिएका छन्।

यसका लागि उनी १ लाख पाउण्ड (करिब १ कराेड ४७ लाख रुपैयाँ) को कोष बनाउन चाहन्छन्।

स्पीडो मिकको यात्रा स्कटल्याण्डको जोन ओग्रेट्सबाट सुरु भएर लिभरपुल र लण्डन हुँदै इङ्ल्याण्डमा समाप्त हुँदैछ। उनको जारी दौडका क्रममा गत हप्ता खुट्टामा चोट लागेपछि एक हप्ता आराम गरेका थिए।

गत शुक्रबार कुलनको खुट्टामा चोट लागेको थियो। चिकित्सकहरुको सल्लाहमा कुलनले अभियान केही समय रोक्नुपरेको थियो। उनले चोटहरु सहेर सुरु गरेको अभियानलाई गोफण्डमीले १ हजार पाउण्ड दान दिएको छ।

उनले सन् २०१४ मै यस्तो आईडिया लगाएका थिए। सन् २०१७ मा पनि कुलनले कट्टुमात्रै लगाएर ११२६ किलोमिटरको यात्रा गरेका थिए।

यस क्रममा उनले निकै माया र उत्प्रेरणा पाएपछि फेरि त्यो भन्दा पनि लामो यात्राको योजना बनाएका हुन्। कुलनका अनुसार केही वर्षअघि उनले आफूसँग भएको सबै चिज गुमाएका थिए।

त्यतिबेला उनले निकै समस्या बेहोर्नुपर्यो। आफ्नो परिवार, स्वाभिमान सबै गुमाए उनले। त्यसपछि उनी कसैको सहयोग पाएर पुनः सामान्य जीवनमा फर्किँदैछन्।

उनले आफूले संकलन गरेको पैसा संगीत, खेलकुद तथा नाटकका क्षेत्रमा काम गर्ने बालबालिकालाई खर्च गर्ने र उनीहरुलाई नयाँ अवसरका लागि सहयोग गर्ने तयारी गरेका छन्।

प्रकाशित: Jan 21, 2020| 15:00 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।