मंगलबार, भदौ २, २०८३

शुल्क तिरेर आउने जन्तीलाई विशेष अतिथि बनाउने दुलहीको योजना

पार्टी प्यालेसहरुमा आयोजना गरिने बिहे समारोहमा आउन सहभागीहरुले निमन्त्रणा कार्ड पनि बोकेर ल्याउने गरेका छन्।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं- पार्टी प्यालेसहरुमा आयोजना गरिने बिहे समारोहमा आउन सहभागीहरूले निमन्त्रणा कार्ड पनि बोकेर ल्याउने गरेका छन्।

खासगरी सहरी क्षेत्रमा धेरै मानिस आउन सक्ने, नचिनेका मान्छेहरू पनि यस्तो समारोहमा छिर्न सक्ने आशंका हुने भएकाले कतिपयले निमन्त्रणा कार्ड अनिवार्य ल्याएर उपस्थित हुन पनि भन्ने गरेका छन्।

खासगरी बिहे समारोहमा आउने अधिकांश व्यक्तिहरु आफन्त नै हुन्छन्। यद्यपि दुलाहा पक्ष वा दुलही पक्षका सबै एकअर्कासँग परिचित भैसकेका नहुने भएकाले कार्डलाई प्राथमिकता दिने गरिएको छ।

तर अमेरिकामा भने एक किशोरीले कार्ड होइन आफ्नो बिहेमा आउने जन्तीसँग प्रवेश शुल्क लिएकी छन्।

उनले प्रवेश शुल्क पनि निकै महंगो लिएकी छन्। उनले ५० डलर अर्थात् नेपाली झण्डै साढे ५ हजार रुपैयाँको शुल्क लिने गरी ‘एक्सक्लुसिभ गेष्ट लिष्ट’ बनाईन्।

उनले यसरी पैसा दिएकालाई खान खानका लागि लाइन बस्नु नपर्ने व्यवस्था गरिदिइन्।

यसका साथै उनले आफ्नो बिहेमा भएको खर्च उठाउन पनि यस्तो जुक्ति लगाएकी हुन्।

यसबारे उनकी नातेदार १९ वर्षकी ड्यान्टी शीपले सामाजिक सञ्जालमा जानकारी गराएपछि धेरैले आलोचना गरेका छन्।

ड्यान्टीले सामाजिक सञ्जाल रेडिटमा लेखेकी छन्, ‘आगामी हप्ता हुने मेरी दिदीको बिहेमा आउने अतिथिहरुले शुल्कबापत ५० डलर तिर्नुपर्नेछ।’

उनले थप भनेकी छन्, ‘अतिथिहरूले पहिल्यै पैसा दिन पनि पाउनेछन्, त्यसो भयो भने उनीहरुलाई विशिष्ट अतिथीको सूचीमा स्थान दिइनेछ।’

ड्यान्टीले अगाडि लेखेकी छन्, ‘तर मैले भने यो विवाहमा नजाने निर्णय गरेकी छु। अतिथिबाट शुल्क असुल्ने यो शैली मलाई कत्ति पनि मन परेन। मैले उनलाई सम्झाउने प्रयास गरेँ, उनले मानिन्, त्यसैले मैले यहीँबाट शुभकामना दिएकी छु।’

प्रकाशित: Jan 20, 2020| 17:48 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।