बिहीबार, भदौ ४, २०८३

मनकामना केबलकार आजदेखि संचालनमा

गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुन: संचालनमा आएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

गोरखा- गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुन: संचालनमा आएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार संचालनमा आएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र को निर्णय अनुसार  केबलकार संचालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ।  केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए। ‘भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने। 

प्रालीले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार संचालन गर्दै आएको छ।संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिए। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ। 

प्रकाशित: Sep 05, 2021| 09:40 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।