मंगलबार, भदौ २, २०८३

दुई पत्नीले बाँडे पतिलाई ३-३ दिन, एक दिन एक्लै

भारतमा दुईवटी पत्नी भित्र्याएका एक व्यक्तिको समय श्रीमतिले बराबर बाँडेका छन्। बराबरी हुन नसक्ने एक दिन भने श्रीमान एक्लै बस्नुपर्ने भएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

एजेन्सी- भारतमा दुईवटी पत्नी भित्र्याएका एक व्यक्तिको समय श्रीमतीले बराबर बाँडेका छन्। बराबरी हुन नसक्ने एक दिन भने श्रीमान् एक्लै बस्नुपर्ने भएको छ।

राँचीस्थित सदर थानामा दुईवटी पत्निले पतिसँग यस्तो सहमति गरेका हुन्।

घरमा बेमेल भएपछि प्रहरीमा पुगेको मुद्दालाई प्रहरीले हप्तामा ३ दिन जेठी र तीन दिन कान्छीकोमा जाने र एक दिन एक्लै बस्ने प्रस्तावमा दुई पत्नीका पतिलाई सहमत गराएको छ।

शनिबार ती व्यक्तिकी कान्छी पत्नी प्रहरीमा गएर आफ्ना पति पाँच दिनदेखि घरमा नआएको उजुरी गरेकी थिइन्। राजेश कुमार नाम गरेका ती पति त्यो समयमा जेठी पत्नीसँग थिए।

प्रहरीले राजेशलाई बोलाएर कान्छीसँग पठाइदियो। त्यसपछि जेठीसँग गए कान्छीले उजुरी गर्ने र कान्छीसँग गए जेठीले उजुरी गर्ने वातावरण उत्पन्न भएपछि प्रहरीले दुवै श्रीमतीको सहमतिमा यस्तो सम्झौता गराइदियो।

प्रकाशित: Jan 19, 2020| 17:04 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।