बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

उदयपुर- उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्। बाढीले बेलका नगरपालिका-८ लाहुरे खोँचमा कटान गरेको हो।

कटानले बेलका- २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका-६ सहितका सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन्। 

सप्तकोसीले ६ सय मिटर कटान गरिसकेको छ, भने  दुई सय मिटर कटान गर्न बाँकी छ। दुई सय मिटर कटान भएमा बाढी बस्तीमा पस्न सक्ने बेलकाका मेयर दुर्गाकुमार थापाले बताए। कटानले बराहक्षेत्र-६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका-३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको स्थानीय गिरिराज विश्वकर्माले बताएका छन्। चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ। तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ।

नदी कटान हेरेर फर्के गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुर पुगेर नदी कटानको अवस्था बुझेका छन्। गृहमन्त्री खाँण पूर्वमन्त्रीद्वय शेरबहादुर तामाङ, मोहनबहादुर बस्नेत तथा गृहसचिव टेकनारायण पाण्डेसहितको टोली लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उदयपुर पुगेका थिए।

सो क्रममा उनले सनसुरी, सप्तरी र उदयपुरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र स्थानीयसँग छलफल गरेका थिए। खाँणले कटान र डुबान रोक्न तत्काल उचित कदम चाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। 

मन्त्री खाँणसँग स्थानीयले वर्षेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए। मन्त्री खाँणले बस्तीको हवाइ निरीक्षण पनि गरेका थिए। बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए।   -न्युज कारखाना

प्रकाशित: Sep 05, 2021| 09:05 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।