बिहीबार, भदौ ४, २०८३

वुटवलका चार पसलमा आगलागी, करोडौंको क्षती

बुटवलमा गएराति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षती भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

बुटवल- बुटवलमा गएराति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षती भएको छ। 

बुटवलको राजमार्ग चौराहामा प्रहरी तालिम केन्द्र नजिकै रहेको क्याप हाउसबाट आगलागी सुरू भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलुका साढे ९ बजेतिर क्याप हाउसबाट सुरु भएको आगलागीले चार वटा पसलमा पनि क्षती पुर्‍याएको छ। 

आगलागीबाट क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको छ।

क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षती पुगेको छ भने अन्य २ मा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

बुटवल उपमहानगरपालिकाका-२, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाका १/१ गरी ५ वटा दमकलको सहयोगमा राति ११ बजे मात्रै आगो नियन्त्रणमा ल्याएको थियो।

विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ। क्षतीको यकिन विवरण संकलन भएको छैन। तर, करोड बढीको क्षती भएको प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: Sep 05, 2021| 07:49 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।