मंगलबार, भदौ २, २०८३

राजकुमार ह्यारीलाई बर्गर कम्पनीबाट पार्ट टाइम जागिरको प्रस्ताव

बेलायतको राजपरिवारबाट बरिष्ठ सदस्य नरहने निर्णयमा पुगेका राजकुमार ह्यारीलाई जागीरको प्रस्ताव आएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं- बेलायतको राजपरिवारबाट वरिष्ठ सदस्य नरहने निर्णयमा पुगेका राजकुमार ह्यारीलाई जागिरको प्रस्ताव आएको छ। अमेरिकाको एउटा चर्चित अन्तर्राष्ट्रिय चेन बर्गर किंगले ट्वीटरमार्फत् राजकुमार ह्यारीलाई जागिरको अफर गरेको हो।

ह्यारीलाई गरिएको जागिरको प्रस्तावले अहिले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरुले बर्गर किंगको प्रस्तावलाई गलत भनेका छन्। केही प्रयोगकर्ताहरुले भने बर्गर कम्पनी र उसको प्रस्ताव राम्रो रहेको भन्दै प्रशंसा गरेका छन्।

ह्यारी र उनकी पत्नी मेगन मर्केलले ८ जनवरीमा शाही परिवारको वरिष्ठ सदस्यता त्याग्ने चाहना सुनाएका थिए। उक्त निर्णयमा उनीहरुले आर्थिक स्वतन्त्रता खोजेकोसमेत बताएका थिए।

महारानी एलिजाबेथ द्वितीयका नाति ह्यारी बेलायतको राज सिंहासनका छेटौँ नम्बरका दाबेदार हुन्। उनको मे २०१८ मा मेगनसँग बिहे भएको थियो।

 

प्रकाशित: Jan 16, 2020| 14:50 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।