आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • तालिवानले पञ्जशीर नियन्त्रण गरेपछि 'खुशीयाली' मनाउँदा १७ जनाको मृत्यु

तालिवानले पञ्जशीर नियन्त्रण गरेपछि 'खुशीयाली' मनाउँदा १७ जनाको मृत्यु

राजधानी काबुलमा तालिवानले नियन्त्रण जमाएपनि कब्जामा लिन हम्मे परेको पञ्जशीरमा नियन्त्रणमा लिएपछि तालिवानले खुशीयाली मनाउन पड्काएको बन्दुकको गोली र छर्राले उनीहरुको मृत्यु भएको रोयटर्सले समाचार लेखेको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काबुल- अफगानिस्तानको पञ्जशीरमा  तालिवानले नियन्त्रण जमाएपछि 'खुशीयाली' मनाउने क्रममा पड्काइएको बन्दुकको गोली लागेर कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ।

National life

राजधानी काबुलमा तालिवानले नियन्त्रण जमाएपनि कब्जामा लिन हम्मे परेको पञ्जशीरमा नियन्त्रणमा लिएपछि तालिवानले खुशीयाली मनाउन पड्काएको बन्दुकको गोली र छर्राले उनीहरुको मृत्यु भएको रोयटर्सले समाचार लेखेको छ। 

तालिवान विरोधीहरूले तालिवानलाई आफ्नो राज्य नियन्त्रणमा लिन नदिने बताउँदै आएका थिए। 

'शुक्रबार भएको गोलीबारीमा कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ भने कम्तीमा ४१ जना घाइते भएका छन्,' द सांसद न्युज एजेन्सीले भनेको छ। 

यता तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने गोलीबारी गर्दा नागरिकलाई क्षति पुग्न सक्ने भएकाले अनावश्यक रूपमा गोलीबारी नगर्न निर्देशन दिएका छन्। 

प्रकाशित: Sep 04, 2021| 22:21 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।