बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फिलिपिन्सले हटायो नेपालसहित १० एसियाली मुलुकमाथिको यात्रा प्रतिबन्ध

फिलिपिन्सले हटायो नेपालसहित १० एसियाली मुलुकमाथिको यात्रा प्रतिबन्ध

अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयावह नभएको भन्दै सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

मनिला (फिलिपिन्स)- अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयावह नभएको भन्दै सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ। 

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका हुन्। 

एसियाली यी सबै देशहरूबाट आउने फिलिपिन्स आउने यात्रुहरूका लागि फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले शनिबार बताए। 

'भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ,' उनले भने। 

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरूबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ।

डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ। यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये ३३ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले अझै पनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, 'यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो।'

फिलिपिन्सले यी मुलुकमाथि गत अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो। अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ। दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कुल बीस लाख ४५ हजार ५६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३३ हजार ८७३ जनाको मृत्यु भएको छ।

प्रकाशित: Sep 04, 2021| 21:50 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।