बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगान शरणार्थीबारे छलफल गर्न अमेरिकी विदेशमन्त्रीले कतार र जर्मनी जाँदै

अफगान शरणार्थीबारे छलफल गर्न अमेरिकी विदेशमन्त्रीले कतार र जर्मनी जाँदै

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानी शरणार्थीबारे छलफल गर्न कतार र जर्मनी जाने भएका छन् ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानी शरणार्थीबारे छलफल गर्न कतार र जर्मनी जाने भएका छन् । 

National life

विदेशमन्त्री ब्लिन्केनले अफगानिस्तानबाट अफगानीसहित अन्य विदेशी नागरिकको उद्धारमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्न कतारको राजधानी दोहा जान लागेको बताएका छन्। 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि पश्चिममा र अफगानी नागरिकको उद्धारमा खाडी मुलुक कतारको भूमिका निकै ठूलवल भएको भन्दै विदेशमन्त्री ब्लिन्केनले प्रशंसा गरेका छन्। 

उनले कतारपछि संयुक्त राज्य अमेरिकाको रामस्टेन एयर बेस जर्मनी जाने बताएका छन् । अमेरिका जानका लागि कयौं शरणार्थीहरु उक्त एयर बसेमा पर्खिरहेको वाशिङ्टन पोस्टले जनाएको छ। 

उनले जर्मनका विदेशमन्त्रीलाई भेट्‍ने र अफगानबाट उद्धारमा सहभागी २० भन्दा बढी मुलुकका विदेश मन्त्रीहरुसँग भर्चुल बैठक गर्ने जानकारी दिएका छन्। 

Laxmi sunrise bank
kumari

९० प्रतिशत अफगानीहरु अहिले गरिबीको रेखामुनि रहेका छन् । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको अवस्था थप कमजोर बन्दै गएको छ। 

अमेरिकी सेना फिर्ता भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि काबुल विमानस्थल बन्द गरिएको छ। विदेशी सेना फिर्ता भएसँगै अफगानिस्तानमा विदेशी सहायता पनि रोकिएको छ।



प्रकाशित: Sep 04, 2021| 20:14 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।