बुधबार, फागुन २७, २०८२

नयाँ बन्‍ने अफगान सरकार आतंकवादी संगठनबाट अलग रहन्छ : चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा नयाँ बन्‍ने सरकारले आफूलाई आतंकवादी संगठनबाट अलग राख्‍ने र छिमेकीहरुसँग राम्रो सम्बन्ध कायम गर्ने बताएका हुन् ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

बेइजिङ- अफगानिस्तानमा बन्‍ने नयाँ सरकार आतंकवादी संगठनबाट अलग रहने विश्वास चीनले व्यक्त गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा बन्‍ने नयाँ सरकारले आफूलाई आतंकवादी संगठनबाट अलग राख्‍ने र छिमेकीहरूसँग राम्रो सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरेका हुन्। 

National life

'अफगानिस्तानमा अब बन्‍ने नयाँ सरकार खुला र समावेशी हुनेछ। सबै मुलुकहरूसँग र विशेषगरी छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध स्थापना र विकास गर्नेछ,' उनले भने। 

इरानी विदेशमन्त्री होसियन आमिर-अब्दुल्लाहिनसँगको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्रीले उक्त अभिव्यक्ति दिएको चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

'चीन र इरान अफगानिस्तानका साझा छिमेकी भएकोले अफगानिस्तानको संक्रमणकाललाई सुरक्षित अवतरण र शान्ति प्रक्रियालाई अघि बढाउनका लागि सञ्‍चार र सहकार्य बढाएर संरचनात्मक भूमिका खेल्‍नुपर्छ,' उनले थपे, 'अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसकेको अवस्थामा पनि अमेरिकाले मुलुकको शान्ति प्रक्रियालाई कुनै समस्या खडा गर्ने काम नगरियोस्।

अमरिकाले आफ्नो सेना फिर्ता गर्नुको कारण चीन र रुससँग थप वार्ता गर्नका लागि सहज हुने अभिव्यक्ति दिनुले अमेरिकाको असफलता मात्र नभएर अमेरिकाको राजनीतिक शक्तिको प्रकृतिलाई पनि खुलासा गरेको विदेशमन्त्री वाङले बताएका छन्। 

Laxmi sunrise bank
kumari

तालिबान प्रवक्ताले भने- हामी चिनियाँ कोषमा निर्भर 

तालिबानी प्रवक्ता जाबिहुल्लाह मुजाहिदले इटालियन पत्रिकालाई दिएको एक अन्तर्वार्ताका क्रममा आफ्नो संगठन चिनियाँ सहयोगमा निर्भर रहने बताएका छन्। 

उनले मुलुकबाट विदेशी सेना फिर्ता भएसँगै आफ्नो संगठन चिनियाँ आर्थिक सहायतामा निर्भर रहनेसमेत बताएका छन्। उनले चीनको सहयोगमा तालिबान आर्थिक पुनरुत्थानका लागि लड्‍नेसमेत बताएका छन्। 

तालिबानी समूहले अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेका थिए। करिब २० वर्ष लामो संघर्षपछि काबुल कब्जा गर्दै तालिबानले अफगानिस्तानको सत्ता गरेपछि आर्थिक धराशायी र भोकमरीको सुरु भएको भन्दै अलजजिराले समाचार प्रकाशन गरेको छ। 

पश्‍चिमा मुलुकहरुले आफ्नो सेना फिर्ता गरेसँगै अफगानिस्तानमा आर्थिक सहयोग पठाउन पनि बन्द गरेका छन्। जसका कारण अफगानिस्तानको आर्थिक अवस्था थप संकटमा पर्दै गएको हो। 

प्रकाशित: Sep 04, 2021| 19:12 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।