आइतबार, चैत १९, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • भीम आचार्य र अष्टलक्ष्मी शाक्य समाजवादीमा आएमात्रै विश्वासको मत दिन्छौं : झाँक्री

भीम आचार्य र अष्टलक्ष्मी शाक्य समाजवादीमा आएमात्रै विश्वासको मत दिन्छौं : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमाले छाडेर समाजवादीमा आएमात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन्।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमाले छाडेर समाजवादीमा आएमात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन्। 

National life insurance

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेशका मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा एकीकृत समाजवादीले विश्वासको मत नदिने उनले स्पष्ट पारिन्। ‘एमाले छाडेर एकीकृत समाजवादीमा आए प्रदेश–१ र बागमतीका मुख्यमन्त्रीमा भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन्छौं,’ उनले भनिन्। 

झाँक्रीले संघमा समाजवादीका कारण सरकार विस्तार प्रभावित नभएको दाबी गरिन्। उनले एकीकृत समाजवादी पार्टी निर्माणको चरणमै रहेको, निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई दल रोज्न दिएको समयसम्म पार्टीले पूर्णता नपाउने भएकाले अहिले नै सरकारमा जाने नजाने विषयमा कुनै निर्णय नभएको प्रस्ट्याइन्। पार्टी निर्माणले पूर्णता पाइनसकेकाले प्रदेश १ र बागमतीको मुख्यमन्त्रीमा पनि एकीकृत समाजवादीले दाबी नगरेको उनको भनाइ थियो।


प्रकाशित: Sep 04, 2021| 06:55. 27 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।