मंगलबार, भदौ २, २०८३

चन्द्रमामा सँगै जान २० वर्ष पुगेकी युवतीको खोजी

एक जापानी करोडपतिलाई महिला पाटर्नरको आवश्यकता परेको छ, त्यो पनि सँगै चन्द्रमामा जान।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं- एक जापानी अर्बपतिलाई महिला पाटर्नरको आवश्यकता परेको छ, त्यो पनि सँगै चन्द्रमामा जान।

जापानका १७ औं धनाढ्य व्यक्ति भनिएका युसाकु मएजावाले आफूलाई चन्द्रमामा जान एक महिला पार्टनरको आवश्यकता रहेको ट्वीटरमार्फत् जानकारी गराएका छन्।

उनले ट्वीटरमा विज्ञापन गर्दै २० वा त्याेभन्दा बढी उमेरकी र आफ्नो जिन्दगीको हरेक पल स्मरणीय बनाउन चाहने युवतीको खोजी गरेका हुन्।

समाचार एजेन्सीहरुका अनुसार केही अघिसम्म जापानकी एक नायिकसँग प्रेममा रहेका उनको हालै मात्र ब्रेकअप भएको हो। 

उनको पार्टनर बन्न चाहने युवतीले जनवरी १७, २०२० भित्रै दरखास्त दिइसक्नु पर्नेछ। 

तीन बच्चाका पिता युसाकुले भनेका छन्, ‘म आजसम्म आफ्नो चाहना बमोजिम बाँचेको छु।  अब ४४ वर्षको भएँ, यो उमेरमा एक्लो महशुस हुँदो रहेछ त्यसैले अब एक महिलासँग प्रेम गर्नुपर्छ भन्ने ठानेको छु।’

युसाकुले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘के तपाईँ चन्द्रमामा जाने पहिलो महिला बन्न चाहनुहुन्छ ?’

युसाकुले जापानको चर्चित अनलाईन फेशन कम्पनी जोजो गत वर्ष याहुलाई बेचेका थिए।

सन् २०२३ मा चन्द्रमामा जाने योजना बनाएका उनी अलोन मस्क स्पेसएक्सको यात्रा गर्ने पहिलो ग्राहकसमेत हुन्।

२ खर्ब २६ अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेका उनी जापानका १७ औँ धनी व्यक्ति हुन्।

 

प्रकाशित: Jan 13, 2020| 15:35 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।