बिहीबार, भदौ ४, २०८३

मोरङ र महोत्तरीमा करेन्ट लागेर २ जनाको मृत्यु

मोरङ र महोत्तरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- मोरङ र महोत्तरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी नगरपालिका-२ बर्दाहा माइतीघर बस्ने लोहारपट्टी नगरपालिका-७ कबिरगामा घर भएकी २८ वर्षीया शोभा यादव छिन्। शुक्रबार दिउँसो करेन्ट लागेपछि उनको मृत्यु भएको हो। 

पानी तान्ने मोटर चलाउन क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

उता मोरङको विराटनगर महानगरपालिका-१७ स्थित रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लागेर अर्का एक व्यक्तिको मृत्यु भएको छ। 

विराटनगर-१८ खोक्साहा बस्ने २८ पप्पुकुमार मण्डलको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Sep 04, 2021| 18:39 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।