विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने दावी गरेका छन्। एमाले विभाजित भए पनि विश्ववासको मत पाउने उनको भनाइ छ।
सुनसरीको धरानमा ३७ करोडको लगानीमा शुरु भएको उद्योग ब्राइट फिड प्रालिको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो दावी गरेका हुन्। भने, ‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ। आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु।’ राजनीतिमा जे पनि हुने भन्दै उनले थपे, ‘नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुसँग छलफल भइरहेकै छ।’
विकास निर्माणको काममा तीब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको मुख्यमन्त्री आचार्यले बताए ।