बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पञ्‍जशीर कब्जा गरेको तालिबानको दाबी, सालेहले भने - संघर्ष जारी छ

पञ्‍जशीर कब्जा गरेको तालिबानको दाबी, सालेहले भने - संघर्ष जारी छ

तालिबानले पञ्‍जशीरमा पनि कब्जा गरेको दाबी गरेको छ । तर अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन् ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काबुल । अगस्त १५ मा काबुलमा कब्जा गरेको तालिबानले पञ्‍जशीरमा पनि कब्जा गरेको दाबी गरेको छ । तर अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन् । 

National life

तालिबान समूहले पञ्‍जशीरमा कब्जा गरेको दाबी गरे पनि तालिबानको विरोध गरिरहेको नेसनल रेसिस्टेन्स फ्रन्ट(एनआरएफ) मा हालै सामेल भएका पूर्वउपराष्ट्रपति सालेहले भने अवस्था निकै कठिन भए पनि तालिबानले उपत्यकामा कब्जा नगरेको प्रतिक्रिया दिएका छन् । उनले आफू त्यहाँबाट भागेको भन्ने कुरालाई पनि अस्वीकार गरेका छन् । 

पञ्‍जशीरमा तालिबान र एनआरएफबीच संघर्ष जारी रहेको र सयौं मानिसको मृत्यु भएको बताइएको छ । बीबीसीलाई पठाएको भिडियो सन्देशमा पूर्वउपराष्ट्रपति सालेहले दुवै पक्षका मानिस मारिएको र केही घाइते भएको बताएका छन् । उनले भिडियोमा भनेका छन्, "यसमा कुनै सन्देह छैन कि हामी कठिन अवस्थामा छौं । तालिबानले लगातार हामीमाथि आक्रमण गरिरहेका छन् ।"

उनले तालिबानसामु आफूहरुले आत्मसमपर्ण नगर्ने पनि बताएका छन् । उनले भनेका छन्, "हामीले आत्मसमर्पण गर्दैनौँ । हामी अफगानिस्तानका लागि एक ठाउँमा उभिन्छौं ।" 

स्थानीय सयौं परिवार घर छोडेर भागे 

Laxmi sunrise bank
kumari

तालिबानले उत्तरी प्रान्त पञ्‍जशीर उपत्यकामा कब्जा गर्न अन्तिम लडाइँ लडिरहेको अलजजिराले जनाएको छ । 

नजिकैको पारवान प्रान्तका स्थानीय बासिन्दाहरुले तालिबान र अहमद मसुदले नेतृत्व गरेको लडाकू समूहबीच चार दिनदेखि लगातार चलिरहेको लडाइँले आफ्नो दैनिकीमा अवरोध सिर्जना गरेको बताएका छन् । 

५२ वर्षीय स्थानीय बासिन्दा असादुल्लाहले अलजजिरलाई भने, "लडाइँ हरेक दिन थप कष्टकर बनिरहेका छन् । दुई समूहबीच पहाडी क्षेत्रमा लडाइँ भइरहेको छ । नजिकैको पारवान प्रान्तको जाब अल-सेराज जिल्लाका स्थानीयहरु भने घर छोडेर भाग्‍न थालेका छन् ।" 

अलजजिराका अनुसार लडाइँ बढ्दै गएपछि करिब चार सय परिवार घर छोडेर भागेका छन् । 

प्रकाशित: Sep 04, 2021| 16:48 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।