मंगलबार, असोज २०, २०८३

विश्वकर्मा पुजामा सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए। 

हिन्दुहरूले परापूर्व कालदेखी असोज १ गते विश्वकर्मा पुजा र आराधना गर्दै आएका छन्। 'कलकारखाना, सिल्पि समुदाय, उद्योगहरू, विश्वकर्मालाई कुलदेवता मान्ने जातीहरू, निर्माण व्यवशायी, इन्जिनियरलगायतले धुमधामका साथ मनाउने यो दिनलाई देशको विविधताको सौन्दर्य स्वीकार्दै सार्वजिक विदा दिन माग गरिन्छ,' समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

ज्ञापनपत्र बुझाउन समितिका तर्फबाट  तेजनरायण ठाकुर, विवेक शर्मा, नरेन्द्र ठाकुर, र अरुण शर्मा गृहमन्त्रालय पुगेका थिए।

प्रकाशित: Sep 04, 2021| 10:58 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।