बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन्।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन्।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रूपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन्। कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रूप दिने उनको प्रतिबद्धता छ। पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ।

प्रकाशित: Sep 04, 2021| 09:48 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।