बिहीबार, भदौ ४, २०८३

५१ किलो लागूऔषध गाँजासहित ४ जना पक्राउ

५१ किलोग्राम लागूऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- ५१ किलोग्राम लागूऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चार जनाको साथबाट बिभिन्न समयमा उक्त परिमाणमा गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका– ८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका–३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चिवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका–१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 04, 2021| 08:25 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।