बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा विंगर र अटो ठोक्किँदा तीन जनाको मृत्यु, चार घाइते

कैलालीमा विंगर र अटो ठोक्किँदा तीन जनाको मृत्यु, चार घाइते

कैलालीमा विंगर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

धनगढी- कैलालीमा विंगर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

अटोमा सवार रहेका ७ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा सवार घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

दुर्घटनामा घोडाघोडी नगरपालिका वडा नम्बर-९ का २४ वर्षीय दीपेन्द्र चौधरी, अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरी चौधरी घाइते भएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। 

घाइते चार जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको बिष्टले बताए। विंगरका चालक कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर-१० का २५ वर्षीय धनु रावललाई नियन्त्रणमा लिएको उनले बताए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–४, राजीपुरमा शुक्रबार राति ११ बजेतिर म१ज ३१९ नम्बरको विंगर र से१ह २५१० नम्बरको अटो एक आपसमा ठोक्किँएको थियो।

प्रकाशित: Sep 04, 2021| 08:17 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।