बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • जेलमुक्तिले खुसी भए पनि यातनाले झस्काउँछ सैनिक परिवारलाई [भिडियो रिपोर्ट]

जेलमुक्तिले खुसी भए पनि यातनाले झस्काउँछ सैनिक परिवारलाई [भिडियो रिपोर्ट]

लबकुमार गुरुङकी श्रीमती प्रमिला तामाङलाई पनि खुसीको कुनै सीमा थिएन। २८ महिनापछि न्याय पाएका श्रीमानलाई भेट्न जान उनी निकै आतुर देखिन्थिन्।
 |  शुक्रबार, भदौ १८, २०७८

अनिल यादव/धीरज बस्नेत

अनिल यादव/धीरज बस्नेत

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- सम्भवतः सैनिक जवान लवकुमार गुरुङ र सरोज तामाङको परिवारका लागि बिहीबार जीवनकै सबैभन्दा ठूलो खुसीको दिन थियो। झुटो मुद्दामा साढे २ वर्ष जेल जीवन बिताएका गुरुङ र तामाङ जेलमुक्त हुने पक्का भएको थियो। 

सैनिक विशेष अदालतले एसएमजी चोरी प्रकरणमा उनीहरुलाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएपछि उनीहरू रिहा भएका छन्। सैनिकद्वय गुरुङ र तामाङले सफाइ पाएसँगै उनीहरुका परिवार शुक्रबार जंगी अड्डा अगाडि खुसी साटिरहेका थिए। कहिले खुसीको आँस झार्दै थिए, कहिले आफ्नो छोरा र श्रीमान्ले पाएको यातना सम्झेर भक्कानिँदै थिए। 

छोरा जेलमुक्त लागेकोमा खुसीको आँसु बगाएकी सरोज तामाङकी आमा छोराले पाएको पाएर यातना सम्झेर झनै भक्कानिइन्। 'मेरो छोरोलाई झूटो अभियोग स्वीकार्नका लागि यतिसम्मको यातना दिए कि उसले के खाइरहेको छु भन्नेसम्म थाहा पाउन छाडेको थियो। यति कुटे कि हप्तौंसम्म बेहोस बनाए,' उनले आँसु खसाल्दै छोराले पाएको यातना सुनाइन्। 

लबकुमार गुरुङकी श्रीमती प्रमिला तामाङलाई पनि खुसीको कुनै सीमा थिएन। २८ महिनापछि न्याय पाएका श्रीमानलाई भेट्न जान उनी निकै आतुर देखिन्थिन्। 

उनको मुहारमा खुसीको जुन चमक देखिन्थ्यो, विगत सम्झिँदा उति नै धेरै पीडाका धर्सा देखिन्थे। उनले भक्कानिँदै भनिन्, 'मलाई विगत नसम्झाउनुस्। म केही बोल्नै सक्दिन।' 

एसएमजी हतियार चोरी गरेको आरोपमा साढे २ वर्ष जेल सजाय भोगेका लवकुमार गुरुङ र सरोज तामाङलाई सैनिक अदालतले निर्दोष ठहर गरेसँगै उनीहरूलाई लिन दुवैको परिवार चितवन पुगेका छन्। तर, उनीहरूको एउटा गुनासो छ– न्याय त पाइयो तर पूर्ण रूपमा पाइएन्। अनाहकमा चार महिना यातना र २८ महिना जेलमा राखेर उल्टै ३ वर्ष बढुवा रोक्का गर्ने निर्णयले हामीलाई मर्माहत बनाएको छ। क्षतिपूर्ति त परको कुरा उल्टै बढुवा रोक्का गर्दा पूर्ण न्यायको अनुभव गर्न पाइएको छैन। 

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 03, 2021| 21:16 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।