मंगलबार, असोज १३, २०८३

अर्कैसँग बिहे गर्ने खवर पाएपछि ब्यान्डबाजासहित प्रेमीको घर पुगिन प्रेमिका

प्रेमीले अर्कै युवतीसँग बिहे गर्न लागेको थाहा पाएपछि ब्यान्डबाजासहित प्रेमिका युवकको घर पुगेकि छन्।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

प्रेमीले अर्कै युवतीसँग बिहे गर्न लागेको थाहा पाएपछि ब्यान्डबाजासहित प्रेमिका युवकको घर पुगेकि छन्।

भारत उत्तर प्रदेशको गोरखपुर जिल्लामा युवकले अर्कै युवतीसँग बिहे गर्न लागेको खबर पाएपछि  प्रेमिका साथीभाइसहित बाजागाजा लिएर बिहे रोक्न  युवकको घर पुगेकी हुन्।

प्रमिकाले आफूसँग बिहे नगरे आत्महत्या गर्ने धम्की दिएपछि त्यहा भीड जम्मा भएको थियो।

भारतीय सेनामा जागिरे सन्दिप मौर्या र ती युवती दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।

सन्दिप केटीको  घरमा आउनेजाने गर्थे। आफ्ना बाआमाले बिहेको कुरासमेत चलाएको युवतीले बयान दिएकि छन्।

सन्दिपले सेनामा जागिर खाएपछि बिहे गर्न इन्कार गरेको र पन्छिन खोजेको उनको आरोप छ।

आफूलाई धोका दिएर अर्कै युवतीसँग बिहे गर्न लागेको थाहा पाएपछि उनी ब्यान्डबाजासहित सन्दिपको घर पुगेकि हुन्। युवतीले सन्दिपले बिहे गर्छु भनेर शारीरिक सम्बन्धसमेत राख्ने गरेको आरोप लगाएकी छन्। उनले सन्दिपविरुद्ध प्रहरी चौकीमा उजुरी दिएकी छन्।

प्रकाशित: Jun 03, 2021| 14:55 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।