शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • १५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक

१५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक

१५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

पोखरा– अविरल वर्षाका कारण खसेको पहिरोले दुई दिनको अवधिमा १५ जनाको ज्यान गएपछि गण्डकी प्रदेश विपद् व्यवस्थापन समितिको बैठक शुक्रबार बसेको छ। बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत र उद्धारमा कुनै कसर नराख्न निर्देशन दिएका छन्। 

National life

बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको भलाम, काहुँ र कसेरीमा पाँच जनाले ज्यान गुमाएका थिए भने बिहीबार साँझदेखि परेको वर्षाका कारण पहिरोले पुरेर शुक्रबार पर्वतमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। 

कुश्मा नगरपालिका दुर्लुङमा एकै परिवारका पाँच जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन्। बिहानसम्म छ जनाले ज्यान गुमाएको पर्वतमा दिउँसो पहिरोमा हराइरहेका थप चार जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

पछिल्लो पटकको पहिरोमा हराइरहेको भनिएका कुश्मा नगरपालिका पकुवाका ४० वर्षीया माया पौडेल र ३ वर्षीय प्रयुष पौडेलको शव भेटिएको छ। सोही पहिरोमा परी ७० वर्षीया डल्ली पाध्या पौडेल हराइरहेकी छिन्। 

बाढी पहिरोमा परेर असार यता मात्रै गण्डकीमा २७ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता भएका छन्। शुक्रबार बसेको आकस्मिक बैठकमा पोखरेलले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन्। विपद व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे। 

Laxmi sunrise bank
kumari

प्रदेश सरकारले विपदमा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ। यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत विपतरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको छ। 

मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताए। जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमित रुपमा लिन उनले प्रमुख सचिवलाई निर्देशन दिए। पहिरोले सडकमा क्षति पुर्याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर यातायात चलाउन मुख्यमन्त्रीले भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिएका छन्। 

बैठकमा प्रदेश वन तथा वातावरणमन्त्री दीपक थापाले जताततैबाट घटनाका बारेमा समाचार आइरहेको भन्दै तत्काल उद्धार र राहतमै आफूहरु केन्द्रित रहेको बताए। 

प्रकाशित: Sep 03, 2021| 14:23 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।