मंगलबार, असोज २०, २०८३

गैरआवासीय नेपाली संघको उपाध्यक्षमा हेमराज शर्माको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई सार्थक पार्न नेतृत्वमा आउन चाहेको उनले बताए।

‘मैले संस्थामा केही परिवर्तन गर्छु भनेर सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा हुने अवस्थामा छन्, ती एजेन्डाको स्थायीत्व र संस्थागत गर्न चुनौती छन्,’ उनले भने, ‘आगामी कार्यकालमा अहिले सुरूवात गरिएका कामलाई पूर्णरुपमा संस्थागत गर्नेमा लाग्नेछु।’

भौतिकशास्त्री शर्माले महासचिवमा निर्वाचित भएपछि स्मार्ट एनआरएनएअन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जीकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णय गराउन सफल भए। उनले विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका हुन्।

कुशल प्रशासकसमेत रहेका शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि संयुक्त राष्ट्रसंघसमक्ष पुगेर आवाज बुलन्द गर्दै गैरआवासीय नेपाली संघलाई पहिलोपटक अन्तर्राष्ट्रिय दातृनिकायसँग सहकार्यको सुरुवात गरेका थिए।

शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्। १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए।

शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकारसमेत  हुन्। बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सक्रिय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन्। उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडलसमेत हासिल गरेका छन्।

उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए। १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे। उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मा पिएचडी गरेका हुन्।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनीत भएका थए। उनी एनआरएनए विधान समितिका संयोजक थिए। संघका संस्थापक तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। -न्युज कारखाना

प्रकाशित: Sep 03, 2021| 12:00 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...