मंगलबार, असोज २०, २०८३

न्यूयोर्कमा बाढीका कारण एकै परीवारका तीन नेपालीको मृत्यु

न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाको कारण तीन जना नेपालीको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाको कारण तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना एकै परीवारका सदस्य रहेको युनाइटेड शेर्पा एसोसियसन युएसएले सामाजिक सञ्जालमार्फत जनाएको छ।

अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भइसकेको छ। 

मृत्यु हुने नेपालीहरूमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नम्बर- २ जुनवेशी घर भई हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्।

प्रकाशित: Sep 03, 2021| 08:17 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...