शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बानेश्वरमा विद्यार्थी संगठनले जलाए ओलीको पुतला [तस्बिरहरू]

बानेश्वरमा विद्यार्थी संगठनले जलाए ओलीको पुतला [तस्बिरहरू]

उनीहरुले विघटित संसद पुनर्स्थापना, प्रधानमन्त्रीको राजीनामा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राखेका छन्। पुतला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

संयुक्त विद्यार्थी संगठनले बुधबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले  प्रधानमन्त्रीको पुतला दहन गरेका हुन्।

National life

प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै उनीहरुले पुतला दहन गरेको बताएका छन्। उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध समेत गरेका थिए। सरकारले महँगी बढाएको, जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ।

उनीहरुले विघटित संसद पुनर्स्थापना, प्रधानमन्त्रीको राजीनामा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राखेका छन्। पुतला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

Shivam cement

प्रकाशित: Jun 30, 2021| 19:20 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।