शुक्रबार, असोज ३१, २०८२

दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिकले पाए न्याय!

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– ब्यारेकबाट सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप लगाएर साढे दुई वर्षदेखि जेलमा राखिएका दुई नेपाली सेनालाई अन्ततः न्याय मिलेको छ। सैनिक विशेष अदालतबाट सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर भएका हुन्।

Kumaribank

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।

‘उनीहरुले सफाइ पाइसकेका छन्,' एक उच्च सैनिक अधिकृतले बिहीबार राति नेपाल समयसँग भने, ‘बाँकी फैसला बाहिर आएपछि थाहा हुने नै छ।'

सेनाको गणबाट हराएको भनिएको हतियार चितवनमा एक सैनिकको हत्यामा सैनिककै जवान गंगाधर ढकालले प्रयोग गरेको स्वीकारेपछि विषयले अर्को मोड लिएको थियो।

गुरुङ र तामाङ निर्दोष सावित भए पनि उनीहरुलाई जेलसम्म पुर्‍याउने दोषीहरूबारे फैसलाको पूर्ण विवरण आइसकेपछि थाहा लाग्नेछ। फैसला शुक्रबार सार्वजनिक हुने सेनाले जनाएको छ। 

Metro Mart

चितवनस्थित कालीबहादुर गणबाट एसएमजी हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेलमा राखिएका दुई सैनिकले पुनरावेदन गरेको मुद्दामा बहसपछि उक्त आदेश भएको हो।

२०७६ वैशाख ६ गते तत्कालीन सैनिक अदालत अध्यक्ष सहायक रथी सहदेव खड्काको फैसलाले गुरूङलाई १० वर्ष र तामाङलाई ७ वर्षको जेल सजाय सुनाएको थियो।

बिहीबार फैसलाअघि भएको दुई पक्षीय बहसमा पीडितका तर्फबाट अधिवक्ताद्वय अरुण पौडेल र सोमनाथ ढुंगानाले पैरवी गरेका थिए भने विपक्षी सेनाका तर्फबाट साम्बराज अर्याल र महेन्द्रजंग साहले बहस गरेका थिए। 

'बहस सकिएको छ। फैसला तयार भएको छ। सैनिक विशेष अदालतका अध्यक्षले फैसला भोलि सुनाउनू भनेकाले आज फैसला नआएको हो,' गुरुङ र तामाङका तर्फबाट बहस गरेका सोमनाथ ढुंगानाले बताए। 

२०७५ पुसमा हराएको सोही हतियार साउन ७ गते चितवनमा गंगाधर ढकालले आफ्नै सहकर्मी भरत गुरुङको हत्यामा प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको र ढकालले समेत उक्त बयान दिएकाले दुई सैनिकले न्याय पाउने बाटो खुलेको थियो। 

भरतको हत्या गरेको र आफूले २०७५ मा 'गन' पनि चोरेको साबिति बयान दिएका ढकाललाई भने जन्मकैद हुने फैसला सैनिक समरीले गरिसकेको छ। 

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

प्रकाशित: Sep 02, 2021| 23:18 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु...

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

अनियमितताको विषयमा भने त्यस्तो केही नदेखिएको भन्दै प्रकरणलाई इन्क्वायरीले नै अन्तै मोड्यो। त्यसपछि सिम्खडा र गुरुङविरुद्ध नेपाली सेनाको अभियोजन महाशाखाले अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा...

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।