बुटवल– बुटवल–पाल्पा सडक बिहीबारदेखि दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ। सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
साँझदेखि बिहानसम्मको अवधिमा भने अत्यावश्यक सवारीलाई चल्न दिने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।