सोमबार, भदौ १, २०८३

मोबाइल किन्दा एक किलो प्याज सित्तैँमा

प्याज महँगो हुन थालेपछि व्यापारीहरुले विभिन्न प्रकारका ‘अफर’ ल्याउन थालेका छन्।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

कालीमाटी तरकारी बजारमा प्याजको थोक मूल्य १४० रुपैयाँ छ।

भान्छामा अत्यावश्यक प्याज महँगो हुन थालेपछि कतिपयले यसलाई खानै छाडेका छन्। गत वैशाखदेखि बढ्न थालेको प्याजको मूल्य घटेको छैन।

प्याज महँगो हुन थालेपछि व्यापारीहरुले विभिन्न प्रकारका ‘अफर’ ल्याउन थालेका छन्। यसै क्रममा भारतको तामिलनाडु राज्यको एक मोबाइल व्यापारीले आफ्नो पसलमा मोबाइल खरिद गरेमा एक केजी प्यास सित्तैंमा दिन थालेका छन्।

तामिलनाडु राज्यका दरअसल, पट्टुकोट्टईमा एसटिआर मोबाइल पसल सञ्चालन गरिरहेका शनस्ले भने, ‘जसले मेरो पसलबाट स्मार्ट फोन खरिद गर्छ, उसलाई एक केजी प्याज उपहार दिन थालेको छु।’

ग्राहकलाई फाइदा होस् भनेर आफूले यस्तो अफर ल्याएको उनले बताएका छन्। अहिले भारतका कतिपय राज्यमा प्याज प्रतिकेजी भारु १५० मा बिक्री भइरहेको छ।

भारत विश्वमा धेरै प्याज उत्पादन हुने मुलुकमा दोस्रो नम्बरमा छ । महराष्ट्र, कर्णाटक र मध्यप्रदेश अत्यधिक प्याज उत्पादन हुने राज्य हुन्।

भारतले सन् २०१५/२०१६ मा १२ लाख मेट्रिक टन प्याज निर्यात गरेको थियो।

तर पछिल्ला वर्षमा भने भारतमा प्याज उत्पादनमा मन्दी आएको छ। भारतले उक्त वर्ष १ करोड ३३ लखा ७२ हजार मेट्रिक टन प्याज उत्पादन गरेको थियो।

धैरै प्याज उत्पादन गर्ने पहिलो सूचीमा चीन छ । चीनले वार्षिक २ करोड टन उत्पादन गर्छ।

यसपछि अमेरिकाले वार्षिक ३३ लाख टन, इजिप्टले २२ लाख, इरान १९ लाख र टर्की १९ लाख टन प्याज उत्पादन गर्छ।

बढी प्याज उत्पादन गर्ने अन्य मुलुकमा पाकिस्तान १७ लाख, ब्राजिल १५ लाख, रुस १५ लाख, कोरिया १४ लाख छन्।

प्रकाशित: Dec 09, 2019| 07:55 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।