शुक्रबार, भदौ ५, २०८३

सत्ता साझेदार दलका शीर्ष नेतासँगको भेटघाटमा प्रचण्ड

सत्ता साझेदबार दल नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रचण्डले सरकार समर्थक दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– सत्ता साझेदबार दल नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रचण्डले सरकार समर्थक दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।

हिजो बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका प्रचण्डले आज नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ। 

प्रधानमन्त्री देउवाले डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले चार मन्त्री र एक राज्यमन्त्रीमात्र नियुक्त गर्न सकेका छन्। सरकारमा अहिले माओवादीका दुई र कांग्रेसका दुई मन्त्री छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राज्यमन्त्री उमेश श्रेष्ठले चलाइरहेका छन्। 

एमालेबाट छुट्टिएर बनेको माधव नेपाल नेतृत्वको पार्टी पनि सरकारमा जाने तयारी भएकोले उसैको पर्खाइमा देउवा छन्। नेपालले प्रधानमन्त्रीसँग २२ भदौसम्मको समय मागेको बताइएको छ।

प्रकाशित: Sep 02, 2021| 12:03 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...