शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल समूह पत्रकार सम्मेलन गर्दै, सभापतिको साझा उम्मेदवार घोषणा हुन सक्ने

पौडेल समूह पत्रकार सम्मेलन गर्दै, सभापतिको साझा उम्मेदवार घोषणा हुन सक्ने

चौधौं महाधिवेशन सुरु हुनु एक दिनअघि नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज बिहीबार पत्रकार सम्मेलन गर्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन बोलाइएको हो।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– चौधौं महाधिवेशन सुरु हुनु एक दिनअघि नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज बिहीबार पत्रकार सम्मेलन गर्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन बोलाइएको हो।

महाधिवेशनअन्तर्गत वडा अधिवेशन भोलि शुक्रबार सुरु हुँदैछ। महाधिवेशनमा केन्द्रीय सभापति पदको उम्मेदवारीका लागि इतर समूहले केही दिन अघिबाट साझा उम्मेदवार चयन गर्ने कसरत गरिरहेको छ। इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका आकांक्षी हुन्।

उनीहरुबीच सहमति जुटाउने प्रयास जारी रहेको एक नेताले जानकारी दिए। ‘अहिले पनि हामी सहमति जुटाउने प्रयासमै छौं। पत्रकार सम्मेलनअघि सहमति जुटे उम्मेदवारको घोषणा पनि हुनसक्छ,’ ती नेताले भने, ‘सहमति जुटेन भने हामी मध्येबाटै एक जना उम्मेदवार हुन्छ र सहमतिमै अघि बढ्छौं भनेर सन्देश दिने हाम्रो तयारी हो।’ 

यसअघि विमलेन्द्र निधिले सम्पर्क कार्यालय स्थापन गरेर कांग्रेस सभापतिमा लड्ने घोषणा गरेका थिए। यस्तै केन्द्रीय सदस्य कल्याण गुरुङले उम्मेदवारी घोषणा गरिसकेका छन्। गोपालमान श्रेष्ठले पनि सभापतिमा उड्ने घोषणा गरिसकेका छन्। यस्तै, महामन्त्रीमा गगन थापाले उम्मेदवारी दिने भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। त्यसअघि वडा, पालिका, जिल्ला, प्रदेश, प्रतिनिधिसभाको अधिवेशन हुन्छ।

प्रकाशित: Sep 02, 2021| 11:11 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...