बिहीबार, भदौ ४, २०८३

विराट गोल्डकपमा ८ लाख नाफा

विराटनगरमा गत वैशाखमा सम्पन्न विराटगोल्डकपको हिसाव बुधबार सार्वजनिक गरिएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

विराटनगर-  विराटनगरमा गत वैशाखमा सम्पन्न विराट गोल्डकपको हिसाव बुधबार सार्वजनिक गरिएको छ। विराट गोल्डकप फुटवल ट्रस्टले पत्रकार सम्मेलन गरि हिसाब सार्वजनिक गरेको हो।
गोल्डकप आयोजनाबाट फुटबल ट्रस्टलाई ८ लाख २ हजार ३६२ रुपैयाँ नाफा भएको गोल्डकप आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिएका छन्। उनका अनुसार खेल अवधिभर १ करोड ४७ लाख ७४ हजार ५९४ रुपैयाँको कारोवार भएको छ।

फुटवल ट्रस्टलाई मुख्य प्रायोजकबाट २० लाख, प्रयोजकबाट १० लाख, सहप्रायोजकहरुबाट १७ लाख २५ हजार, व्यानर प्रयोजकबाट ८ लाख, टिकट विक्रीबाट ५९ लाख ७६ हजार १ सय आम्दानी भएको संयोजक शाहले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

कोरोना संक्रमणको दोश्रो लहर सुरु हुनै लाग्दा २०७७ चैत २६ देखि २०७८ वैशाख सम्म आयोजना भएको रात्री कालिन प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका थिए। आयोजकले प्रतियोगितामा पुरस्कार वापत ३५ लाख ११ हजार २०२ खर्च भएको जानकारी दिएको छ। विभिन्न चुनौतिकाबीच पनि विराट गोल्डकप आयोजना हुनु नै महत्वपूर्ण उपलब्धि रहेको आयोजक समितिका संयोजक शाहले बताए। 

प्रकाशित: Sep 02, 2021| 11:00 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।