शनिबार, मंसिर १३, २०८२

पहिरोमा परी पोखरामा तीनजनाको मृत्यु, १ बेपत्ताा

बुधबार राती परेको अविरल वर्षाका कारण पहिरो जाँदा पोखरामा तीनजनाको ज्यान गएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

पोखरा- बुधबार राती परेको अविरल वर्षाका कारण पहिरो जाँदा पोखरामा तीनजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखराको भलाम र काहुँमा गएको पहिरोमा उनीहरूको ज्यान गएको हो। 

National life

उनका अनुसार पोखरा महानगरपालिका २० भलाममा पहिरोमा परी ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती सुनमाया तामाङ श्रेष्ठको मृत्यु भएको हो। 

उनका तीन वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। यस्तै ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएका छन्। बेपत्ताको खोजीकार्य भइरहेको हमालले बताए। 

यसैगरी पोखरा महानगरपालिका-११ काहुँमा पहिरोले ब्लकको घर भत्काएर पुरिँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको छ। उनकी १४ वर्षीया छोरी सृटि नेपाली घाइते भएकी छन्। पोखराको कसेरीमा पहिरोले घर भत्काउँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती र छोरी घाइते भएका छन्। उनीहरूको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।  

अविरल वर्षाका कारण पोखराको नदिपुरमा जमिन भासिँदा तीन घर जोखिममा परेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 02, 2021| 09:08 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।