शुक्रबार, भदौ ५, २०८३

रामचन्द्र पौडेलको भिडियो सन्देश- कांग्रेसमा सबल नेतृत्व छानौं

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशभरका नेता तथा कार्यकर्तालाई पार्टीमा सबल नेतृत्व चयन गर्न आह्वान गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशभरका नेता तथा कार्यकर्तालाई पार्टीमा सबल नेतृत्व चयन गर्न आह्वान गरेका छन्। 

वडा अधिवेशन सुरू हुनुभन्दा एक दिन अगाडि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउन यो महाधिवेशन महत्वपूर्ण हुने बताएका छन्। 

‘कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने गरी काम गर्न सवल,  चिन्तनशी र लोकतन्त्रका पक्षमा निष्ठावान नेतृत्व आवश्यक छ,’ उनले भनेका छन्, ‘हामीले साना तिना निजी कुरा बिर्सेर लोकतन्त्रलाई संस्थागत गर्ने र देशको समृद्धी अघि बनाउन सवल नेतृत्व छान्ने गरी निर्णय गनुपर्छ। म देशभरका साथीहरूलाई यही अनुरोध गर्न चाहान्छु।’

कोरोना महामारी र अविरल वर्षाका बीच अधिवेशन गर्न परे पनि सफल पार्न सबै लाग्नुपर्ने उनले आह्वान गरेका छन्।

प्रकाशित: Sep 02, 2021| 08:52 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...