शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विवेकशील साझा फेरि फुटको संघारमा, अध्यक्ष र संयोजकले बोलाए अलग–अलग बैठक

विवेकशील साझा फेरि फुटको संघारमा, अध्यक्ष र संयोजकले बोलाए अलग–अलग बैठक

‘यो अवस्थामा पार्टी एक भएर जाने अवस्था छैन’, बैठक अघि विवेकशील साझाका एक केन्द्रिय सदस्यले नेपाल समयसँग भने
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– विवादको भूमरीमा फसेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक अलग–अलग आज बस्ने भएको छ।

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको हो। अध्यक्ष मिश्रले डाकेको बैठक आज मध्यान्ह १२–३० बजे बैठक राखिएको छ भने भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक डाकेका छन्।

अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि सो दलभित्र संयोजक पाण्डेलगायत चार नेताले फरक मत राखिरहेका छन्। पाण्डेको समूहले यसअघिका आन्दोलनका उपलव्धी र शासकिय प्रणालीप्रति विश्वास राख्दै मौजुदा संविधानका पक्षमा मत राख्दै आइहेका छन्।

आज राखिएका अध्यक्ष र संयोजकका अलग अलग बैठक भर्चुअल रूपमा हुनेछन्।

केन्द्रीय समिति बैठक हुनुभन्दा एक दिन अगाडि बुधबार अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच इमेलमा जुहारी चलेको थियो। एकअर्कामाथि उठाइएका प्रश्नबारे उनीहरूले इमेलमार्फत् प्रष्टाउन खोजेका थिए।

‘यो अवस्थामा पार्टी एक भएर जाने अवस्था छैन’, बैठक अघि विवेकशील साझाका एक केन्द्रिय सदस्यले नेपाल समयसँग भने, ‘अब फेरि अलग नभइ सुख्खै छैन। एजेन्डा नै फरक परेपछि काम गर्न गाह्रो छ।’ 


प्रकाशित: Sep 02, 2021| 07:54 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...