शुक्रबार, भदौ ५, २०८३

एमसीसी उपाध्यक्ष सुमार नेपाल आउँदै

अमेरिकाले विद्युत प्रसारण लाइन र सडक निर्माणका लगि ५० करोड अमेरिकी डलर सहयोग गर्ने एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न सुमार नेपाल आउन लागेको बताइएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छन्। एमसीसी उपाध्यक्ष सुमार आगामी साता नेपाल भ्रमणमा आउने भएकी हुन्। 

अमेरिकाले विद्युत प्रसारण लाइन र सडक निर्माणका लगि ५० करोड अमेरिकी डलर सहयोग गर्ने एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न सुमार नेपाल आउन लागेको बताइएको छ। 

भ्रमणका क्रममा सुमारले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ। 

पछिल्लो सरकार बनेसँगै नेपालले एमसीसीको संसदबाट पास गराउन दबाब बढ्दै गएको छ। एमसीसी कम्प्याक्टलाई संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। 

प्रकाशित: Sep 01, 2021| 15:41 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...