काठमाडौं- विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई बैठक रद्द गर्न प्रस्ताव गरेका छन्। संयोजक पाण्डेले दुवै पक्षले बोलाएको बैठक रद्द गरी एक साताभित्र केन्द्रीय समिति बैठक बस्न प्रस्ताव गरेका हुन्।
आफूले इगो, आक्रोश, दम्भ, सबै भावना साइडमा राखेर उक्त प्रस्ताव गरेको भन्दै संयोजक पाण्डेले अहिले आफू दुवैले बोलाएको बैठक रद्द गरी भौतिक रुपमा एक साताभित्र दुवैका एजेन्डासहित केन्द्रीय समितिको बैठक बस्ने प्रस्ताव गरेका हुन्।
‘धेरै सदस्यहरू र शुभेच्छुकहरूको आग्रहअनुसार, म फेरि पनि यहाँलाई सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरूलाई साक्षी राखेर पुनः त्यही प्रस्ताव गर्न चाहन्छु। रवीन्द्रजी, हामी दुवैले आफ्नो बैठक क्यान्सिल गरौं', उनले लेखेका छन्, ‘एक हप्ताभित्रमा केन्द्रीय समितिको हामी दुवैका एजेन्डासहित भौतिक बैठक बसौं। पारदर्शी छलफल गरौं।’
हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔं भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔं भनेर आग्रह गरौं।’
संयोजक पाण्डेले अध्यक्ष मिश्रले एकलौटी रुपमा बैठक बोलाएको आरोपसमेत लगाएका छन्। ‘रवीन्द्रजी, हामी वैचारिक छलफलकै क्रममा रहँदा र र विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गर्नुभयो। हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔं भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔं भनेर आग्रह गरौं।’
उनले दुवैमा इख, इच्छाशक्ति र आक्रोश भएपनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले बैठक फिर्ता गरेर नयाँ समयमा दुवैका एजेन्डासहित विधानसम्मत बैठक बसौं भनेर आफूले गरेको अनुरोध अध्यक्ष मिश्रले अस्वीकार गरेको बताउँदै पुनः दुवैले बोलाएको बैठक स्थगित गर्न प्रस्ताव गरेका हुन्।