शुक्रबार, भदौ ५, २०८३

सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' मा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ भएन। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ भएन। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलासमा मुद्दा सुरुमै पेसी चढे पनि हेर्न नमिल्नेमा परेको हो।

इजलासमा रहेका न्यायधीश हरिकृष्ण कार्कीले तत्कालीन समयमा सोही मुद्दामा सापकोटाको विपक्षमा बहस गरेका कारण उनी संलग्न इजलासले उक्त मुद्दामा सुनुवाइ गर्न नमिल्ने भएका कारण आज सुनुवाइ नभएको हो।

माओवादी विद्रोहका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले ०६८ असार ६ गते मुद्दा दायर गरेका थिए।

सभामुख सापकोटाविरुद्धको सोही मुद्दामाथि प्रारम्भिक फैसला गर्दै सर्वोच्चका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सापकोटाविरुद्धको मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।

प्रकाशित: Sep 01, 2021| 13:01 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...