शुक्रबार, भदौ ५, २०८३

सरकारले माग्यो प्रमुख प्रतिपक्षी एमालेको साथ

कानुनमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– कानुनमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।

ओलीलाई भेट्न मंगलबार बेलुका उनको निवास बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँग संसद् अधिवेशन, बजेट, एमसीसी लगायत विषयमा छलफल गरेको बताइएको छ।

प्रतिपक्षी दलसँग सम्बन्ध सुधार गर्ने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई भेट्न मन्त्री कार्कीलाई बालकोट पठाएका हुन्। हिजो नै कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटवार्ता गरेका थिए। 

अमेरिकी सहयोग परियोजना एमसीसी लामो समयदेखि प्रतिनिधिसभामा अलपत्र छ। त्यसैगरी ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट पनि अन्योलमा छ। यही भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत सरकारले पास नगरे बजेट नै खारेज हुन्छ। अध्यक्ष ओलीसँग मन्त्री कार्कीले बजेटबारे पनि छलफल गरेका थिए। 

सर्वोच्च अदालतको परमादेशबाट गत असार २८ गते केपी ओली प्रधानमन्त्रीबाट हटेका हुन्। लगत्तै २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए। उनलाई नेकपा माओवादी र एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) को समर्थन छ। 


प्रकाशित: Sep 01, 2021| 11:56 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...