बिहीबार, असार ३२, २०८३

नेपालको फितलो ब्याटिङ, बंगलादेशसँग पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं - बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ३९ रनको झिनो विजयी लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। बंगलादेशको लागि नजमोल हुसेनले अविजित ५९ तथा मोहमद नाइमले ४५ र यासिर अलीले अविजित १८ रन बनाए।

नेपालका सुशन भारी र करण केसीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल फितलो प्रदर्शन गर्दै ४४ दशमलव ३ ओभरमा १ सय ३८ रनमा समेटिएको थियो।

नेपालका लागि सोमपाल कामी बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। सोमपालले सर्वाधिक ३८ रन बनाए। यस्तै यसअघिका खेलमा खराब प्रदर्शन गर्दै आएका कप्तान ज्ञानेन्द्रले २२ तथा करन केसीले १८ रन बनाए। नेपालका ६ खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन्। नेपालका लागि सोमपाल र करनले सर्वाधिक ५० रनको साझेदारी गरे।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका सुमोन खान, सयद मेनहाजुल अवेदीनले समान ३/३ विकेट लिए। यस्तै तनविर इस्लाम र महदी हसले २/२ विकेट लिए।

जितसँगै बंगलादेश समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले ३ खेलमा ६ अंक जोडेको छ। नेपालले भने ३ खेलमा २ अंक जोडेको छ। नेपाल यसअघि भारतसँग पराजित भएको थियो भने हङकङलाई हराएको थियो। अंक तालिकामा नेपाल तेस्रो स्थानमा रहेको छ। बंगलादेशसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ।

प्रकाशित: Nov 18, 2019| 09:20 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।