आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबल मैदानमा भिड्दैछन् नेपाल र इन्डिया, कस्तो छ दुई टोलीको विगत

फुटबल मैदानमा भिड्दैछन् नेपाल र इन्डिया, कस्तो छ दुई टोलीको विगत

साफ च्याम्पियनसिप २०२१ को अन्तिम तयारीमा रहेका नेपाल र इन्डिया सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।
 |  बुधबार, भदौ १६, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ १६, २०७८

vianetvianet

काठमाडौं- साफ च्याम्पियनसिप २०२१ को अन्तिम तयारीमा रहेका नेपाल र इन्डिया सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।

triton college

२०१७ मा इन्डियाविरुद्ध खेलेपछि नेपालले पहिलो पटक दक्षिणी छिमेकीसँग खेल्न लागेको हो। चार वर्षअघिको खेलमा इन्डियाका सन्देश झिन्गन र लेजे लाप्पेखुलाले गोल गरेका थिए।

यता दशरथ रंगशालालाई आधार मानेर हेर्ने हो भने नेपालले काठमाडौंमा २०१५ को मार्च १७ मा भएको विश्वकप छनोटपछि पहिलो खेल खेल्न लागेको हो। त्यो छनोट खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।

यी दुई टिमको इतिहास हेर्दा, नेपाल र इन्डिया १९ पटक आमनेसामने भएका छन्। जसमा नेपालले इन्डियालाई दुई पटक हराएको छ भने चार खेल बराबरीमा रोकिएका छन्। ती बाहेकका १३ खेल ब्लुज टाइगरको पोल्टामा परेको छ।

नेपाल र इन्डियाले पहलो आधिकारीक खेल ३६ वर्षअघि खेलेको थियो। छिमेकी दुई देश नेपाल र इन्डियाबीचको खेल अवसर जुराएको थियो दोस्रो साग गेम्सले।

National life insurance
अन्तिमसम्मै खेल बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिनुपर्ने भयो। र, नेपालले ४–३ गोलको जित निकाल्यो। छिमेकी प्रतिद्वन्दीसँग लगातार चारपटक हारेर निकालेको जित नेपालका लागि गर्वलायक थियो।
बंलादेशको ढाकामा नेपालले त्यो बेलामा गोलरहित बराबरी खेलेको दुई दिनपछि २–० गोलको हार बेहोरेको थियो। पहिलो भेटमा बराबरी भए पनि दोस्रो भेटमा नमिठो हार बेहोरेको नेपालले त्यसपछिका लगातार चार खेलमा पनि जित निकाल्न सकेन।

त्यससँगै नेपालले अहिघलेसम्म ३३ गोल बेहोरिसकेको छ भने इन्डियाको पोस्टमा ९ गोल गरेको छ।

दक्षिण एसियाको पावरहाउस मानिने इन्डियाविरुद्ध पहिलो खेल खेलेको दुई वर्षपछि अर्थात् १९८७ डिसेम्बर २३ मा नेपालले खेल्ने अर्को अवसर पायो। सागको त्यो फाइनलमा नेपाल आयोजक इन्डियासँग १–० गोलले पछि पर्दै रजत पदक जितेको थियो।

नेपाल इन्डियाबीच असीको दशकको तेस्रो तथा अन्तिम खेल १९८९ मा इस्लामावादमा भएको थियो। सो खेल पनि नेपालका लागि दुखद रह्यो। त्यो किन भने साग गेम्समै नेपालले इन्डियासँग २–१ गोलको हार बेहोरेपछि नेपालले पदक गुमाएको थियो।

त्यसको तीन वर्षसम्म नेपालले इन्डियासँग फुटबल खेलेन। तर चौथो वर्षमा पाकिस्तानले आयोजना गरेको सार्क गोल्डकपमा छिमेकी प्रतिद्वन्दी भेट भए। त्यो खेलमा पनि नेपालले इन्डियालाई जित्न सकेन। र, १–० गोलले इन्डियाले नजिता आफ्नो पोल्टामा पार्यो।


तर, सोही वर्ष नेपालले फेरि इन्डियासँग खेल्ने अवसर पायो। ढाकामा आयोजना भएको दक्षिण एसियाली खेलकूदमा नेपालले र इन्डियाको भिषण टक्कर भएको थियो। खेल अवधिभर सात चार गोल भएका थिए। दुई गोल इन्डियाले गरेको थियो बाँकी गोल नेपालले।

अन्तिमसम्मै खेल बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिनुपर्ने भयो। र, नेपालले ४–३ गोलको जित निकाल्यो। छिमेकी प्रतिद्वन्दीसँग लगातार चारपटक हारेर निकालेको जित नेपालका लागि गर्वलायक थियो।

त्यो जितको दुई वर्षपछि, सन् १९९६ को डिसेम्बरमा नेपाल र इन्डियाले फेरि खेल्ने भए। त्यो अवसर जुराउने दक्षिण एसियाली खेलकूद नै थियो। तर, पछिल्लो जित नेपालले कायम राख्न सकेन। बरु इन्डियाले क्लिन सिट राख्दै नेपालविरुद्ध तीन गोल लगायो।

नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए। तर त्यसपछिका पाँच खेलमा नेपालले इन्डियामाथि प्रभाव जमाउन सकेको छैन।
अधिकांश खेल सागमै खेलिरहेका नेपाल र इन्डिया एकपटक फरक प्रतियोगितामा भेट भए, एसियाली खेलकूद थाइल्यान्डमा। सो प्रतियोगितामा पनि नेपालले इन्डियासँग १–० गोलको हार बेहोर्यो।

त्यसपछिको अर्को खेल भने नेपालमै भएको थियो। त्रिपुरेश्वरको दशरथ रंगशालाको खेल थियो त्यो। नेपाली समर्थकले भरिएको त्यो रंगशालामा नेपालले ४–० गोलको लज्जास्पद हार बेहोर्यो।

तर त्यसपछि दक्षिण एसियाली खेलकूदमा कुनै देशको पनि सिनियर टिम उत्रन नपाउने भयो। त्यसपछिको सागमा ओलम्पिक टिम खेलाइन थालियो।

सागमा नेपाल र इन्डियाको अन्तिम खेल नेपाली समर्थकका लागि बिर्सन लायक रह्यो। त्यो खेल १९९९ सेप्टेम्बर ३० मा आयोजना भएको थियो। २० औं शताब्दिमा नेपाले इन्डियासँग नौ खेल खेल खेल्यो। त्यसमा तीन खेल बराबरी भयो भने बाँकी खेलमा इन्डियाले जित्यो। त्यही बराबरी भएको एक खेलको टाइब्रेकरबाट नेपालले जित निकालेको थियो।

२१ औं शताब्दिको सुरुका पाँच वर्ष नेपाली फुटबल समर्थकले इन्डियाविरुद्धको खेल हेर्न पाएनन्। लामो पर्खाइलाई परास्त गर्दा पाकिस्तानको कराँचीमा आयोजना भएको साफ च्याम्पियनसिपले नेपाल र इन्डियालाई मैदानमा भेट गरायो।

नेपालका लागि बसन्त थापाले गोल गरेको खेल इन्डियाले २–१ अन्तरले जित्यो। सागमा भेट हुन छोडे पनि २००५ को साफमा नेपालले इन्डियाविरुद्ध फेरि खेल्ने भयो। प्रतियोगिता एएफसी च्यालेन्ज कप थियो। त्यो खेल नेपालका लागि निकै सुखद रह्यो। नेपालले लामो समयको पर्खाइ चिर्दै ३–० गोलको जित निकालेको थियो।

फेरि पाँच वर्ष नेपाल र इन्डिया मैदानमा भेट भएनन्। एकैपटक २००८ को जुनमा भेट भए। माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपको त्यो प्रतियोगितामा नेपालले पहिलो खेलमै इन्डियासँग भेट गरेको थियो। त्यो भेटमा इन्डिया ४–० गोलको सुखमा रमायो। नेपाल पराजयमा दुःखी भयो। लगत्तै, अर्को वर्षको डिसेम्बर सात तारिखमा बंगालादेशमा नेपालले इन्डियासँग खेलेको थियो।

त्यो खेलमा इन्डिया १–० गोलले बिजयी भएको थियो। नेपालले इन्डियासँग १० पटक हार बेहार्यो।

यता पछिल्लो दशकमा नेपालले इन्डियाविरुद्ध निकै राम्रो सुरुआत गरेको थियो। २०१२ को अगस्तमा नेहरू कपमा नेपालले इन्डियासँग गोलरहित बराबरी खेल्न सक्यो। त्यो बराबरी नेपाली टिमका लागि निकै सम्मानजनका थियो।

त्यसको अर्को वर्ष भने नेपालले इन्डियामाथि गौरवशाली जित निकाल्यो। नेपाल आफैंले आयोजना गरेको थियो साफ च्याम्पियनसिप। त्यो च्याम्पियनसिपमा बंगलादेशलाई हराएर पाकिस्तानसँग बराबरी गरेको नेपालले तेस्रो खेलमा इन्डियालाई २–१ गोलले हराएको थियो।

नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए। तर त्यसपछिका पाँच खेलमा नेपालले इन्डियामाथि प्रभाव जमाउन सकेको छैन।

त्यसको केही समयपछि नै नेपालले इन्डियासँग एक मैत्रीपूर्ण खेलेको थियो। त्यो अन्तर्राष्ट्रिरय मैत्रीपूर्ण खेलमा इन्डियाले २–० गोलको जित निकाल्यो। यता ग्लोबल फुटबलमा २०१८ को फिफा विश्वकप छनोट सुरु भएको थियो। नेपाल र इन्डिया एक समूहमा रहन पुगे।

त्यस दौरान (सन् २०१५ मार्च) नेपालले इन्डियासँग दुई खेल खेल्यो। अबे खेलमा नेपालले इन्डियासँग २–० गोलकै हार बेहार्यो। त्यसको अघिल्लो हप्ता नै काठमाडौंमा भएको अर्को लेगमा भने इन्डिया नेपालसँग बराबरीमा रोकियो।

त्यसपछिका दुई खेलमा एउटा साफ च्याम्पियनसिपमा हो भने अर्को मैत्रीपूर्ण। २०१५ मा नै इन्डियामा आयोजना भएको साफ च्याम्पियनसिपमा यी दुई टिमको भेट त भयो। सदाझैं इन्डियाले जित निकाल्यो। त्यो जित ४–१ गोलअन्तरको थियो।

र, पछिल्लो भेटमा २०१७ को एक मैत्रीपूर्णमा भएको छ त्यसमा पनि इन्डियाले नेपालविरुद्ध २–० गोलको जित निकाल्यो।

तसर्थ पछिल्ला पाँच खेलमा इन्डियाले १० गोल गरेको छ भने नेपालले एक गोल मात्र गरेको छ। – तथ्याङ्क गोल डटकमबाट

प्रकाशित: Sep 01, 2021| 08:32 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।