शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • तस्बिरमा हेर्नुस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार

तस्बिरमा हेर्नुस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। काठमाडौंबाट सेनाको हेलिकोप्टर मार्फत बिहीबार पोखरा पुगेका राष्ट्रपति जलविहारका लागि फेवाताल पुगेका हुन्।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

पोखरा - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। काठमाडौंबाट सेनाको हेलिकोप्टर मार्फत बिहीबार पोखरा पुगेका राष्ट्रपति जलविहारका लागि फेवाताल पुगेका हुन्।

National life

जलविहार पछि राष्ट्रपति हमिद उनको सम्मानमा फिस्टेल होटलमा आयोजना भएको दिवाभोजको सहभागी हुनेछन्। उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ।

त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ। उनी आजै काठमाडौं फर्कनेछन्।

तस्बिर : रासस

Shivam cement

प्रकाशित: Nov 14, 2019| 08:36 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।