सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • फोटो
  • तस्बिरमा हेर्नुस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार

तस्बिरमा हेर्नुस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। काठमाडौंबाट सेनाको हेलिकोप्टर मार्फत बिहीबार पोखरा पुगेका राष्ट्रपति जलविहारका लागि फेवाताल पुगेका हुन्।
 |  बिहीबार, कात्तिक २८, २०७६
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

पोखरा - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। काठमाडौंबाट सेनाको हेलिकोप्टर मार्फत बिहीबार पोखरा पुगेका राष्ट्रपति जलविहारका लागि फेवाताल पुगेका हुन्।

sagarmatha cement

जलविहार पछि राष्ट्रपति हमिद उनको सम्मानमा फिस्टेल होटलमा आयोजना भएको दिवाभोजको सहभागी हुनेछन्। उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ।

त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ। उनी आजै काठमाडौं फर्कनेछन्।

तस्बिर : रासस

प्रकाशित: Nov 14, 2019| 08:36 बिहीबार, कात्तिक २८, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार